मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २३ शुक्रबार ०९:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २३ शुक्रबार ०९:३७:००

एनएमबि बैंकले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २६औँ साधारणसभाले आव ०७७/७८ को मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस सेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले स्वीकृत गरेको बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुग्ने जानकारी गराइएको छ । बैंकको ०७८ असार सम्ममा खुद नाफा दुई अर्ब ७१ करोड रुपैयाँ, निक्षेप एक खर्ब ६६ अर्ब र कर्जा एक खर्ब ५८ अर्ब रहेको बैंकले जनाएको छ ।  

बैंकले हालै दी फिनान्सियल टाइम्स, लन्डनद्वारा ‘बैंक अफ द इयर एसिया २०२१’ र ‘बैंक अफ द इयर नेपाल २०२१’ सम्मानित भएको जनाएको छ । उक्त अवार्ड सेयरधनीले समय–समयमा बैंकलाई दिएका सुझाब एवं सल्लाहमुताबिक अघि बढ्दा भएको परिणामका रूपमा लिँदै सबैलाई कृतज्ञता व्यक्त गरेको बैंकले जनाएको छ ।

२०१७, २०१८, २०२० र २०२१ गरी चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर नेपाल’ प्राप्त गरिसकेको बैंकले उल्लेख गरेको छ ।   बैंकले हाल दुई सय एक शाखा, एक सय ३८ एटिएम र नौ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।