मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २२ बुधबार ०८:२१:००
Read Time : < 1 मिनेट
अर्थ

सिभिल होम्सद्वारा १ हजार १ घर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २२ बुधबार ०८:२१:००

व्यवस्थित घर निर्माणमा सक्रिय सिभिल होम्स प्रालिले हालसम्म १ हजार १ घर निर्माण गरी घर खरिदकर्तालाई हस्तान्तरण गरेको छ । कम्पनीले स्थापनाको १८ वर्षको अवधिमा सिभिल होम्समार्फत सुन्दर बस्ती निर्माणमा महत्वपूर्ण  योगदान दिन सफल भएकोजनाएको छ । 

सिभिल होम्सले भैँसेपाटीमा सञ्चालनमा ल्याएको पहिलो परियोजनामा निर्माण ५२ वटा घरहरू २१ देखि ३१ लाखको मूल्यमा सम्बन्धित घर खरिदकर्तालाई हस्तान्तरण गरिसकेको छ । दोस्रो परियोजनाका १ सय २३ वटा घरहरू,  फेज–३ सुनाकोठीमा बनेका १ सय ९७ वटा घर,  कोलोनी–१ सुनाकोठीका ७२ वटा घर, सिटी बस्ती परियोजना फेज–६ खुमलटारमा बनेका ७२ वटा घरहरू पनि हस्तान्तरण भइसकेको कम्पनीले जनाएको छ । 

सिभिल होम्स फेज–४ धापाखेल, फेज–७ सीतापाइला र फेज–९ गोदावरीका घर बिक्री र निर्माणकार्य दु्रत रूपमा हुँदै रहेको छ ।  फेज–४ धापाखेलमा बन्ने २ सय ४४ वटा घरमध्ये (अपार्टमेन्टसहित)२ सय ४० घर बिक्री भइसकेका छन् । फेज–७ सीतापाइलामा बन्ने १ सय ८ घरमा ६६ घर बिक्री भइसकेका छन् । गएको वर्ष शुभारम्भ गरिएको फेज–९ गोदावरी परियोजनामा बन्ने १ सय ७ घरमध्ये ४६ घर बिक्री भइसकेका छन् ।

सुन्धारास्थित सिटिसी मलमा रहेको २ सय ८४ युनिटमध्ये १ सय ६९ युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ । हाउजिङ क्षेत्रमा पहिलोपटक आइएसओ प्रमाणपत्र प्राप्त गर्न सफल सिभिल होम्सले सिभिल होम्स हाउजिङ क्षेत्रको पायोनियर संस्था भएको अध्यक्ष इन्जिनियर इच्छाराज तामाङले बताए ।