Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २२ बिहीबार १५:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गतिरोध अन्त्यका लागि सहमतिको बिन्दु खोजौँ : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २२ बिहीबार १५:१३:००

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउन राजनीतिक दलहरूबीच सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्। बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

समितिको बैठकमा आफूले संसद् र अदालतको अवरोध हटाउन सहमति र सम्झौताको बिन्दु खोज्नुपर्ने कुरा राखेको उनले जानकारी दिए । उनले सबै गतिरोधहरूलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताए। 

‘नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन भन्ने मेरो भनाइ हो। सबै नेताहरूलाई मैले अनुरोध गर्‍या छु। कुनै न कुनै सहमतिको बिन्दु खोजौँ। तर, यो अदालतको अवरोध, संसदको अवरोध, यो मुलुकमा एमसिसीको अवरोध जति पनि अवरोधहरू छन्, सबै गतिरोधलाई हटाएर मुलुकलाई अब गति दिनुपर्‍याे भन्ने कुरा मैले गरेँ । मैले १५/१६ बुँदे एउटा सुझाव पनि प्रस्तुत गर्‍या छु, भोलि त्यसमा छलफल हुन्छ,’ पौडेलले भने।