१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष २२ बिहीबार १३:२२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोनाको प्रकोपका कारण अमेरिकामा चार दिनमा तीन हजारभन्दा बढी विद्यालय बन्द

Read Time : < 1 मिनेट
२०७८ पौष २२ बिहीबार १३:२२:००

अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका छन्। यहाँ पछिल्ला केही हप्तायता कोरोनाका संक्रमितहरू निकै नै बढ्दै गएको देखिएको छ। बुधबारसम्ममा तीन हजार दुई सय २९ विद्यालय बन्द भएका बताइएको छ।

यहाँका स्वास्थ्य अधिकारीहरूले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस संक्रमण बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका छन्। यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ। न्युजर्सीमा मात्र कम्तीमा ३२ प्रतिशत विद्यालय बन्द भएका छन्।

त्यस्तै, एटलान्टा, मेरिल्यान्ड तथा न्युयोर्कमा पनि विद्यालयहरू बन्द गरिएका बताइएको छ। पछिल्लो ११ दिनयता यहाँ कोरोनाका संक्रमितहरू दोब्बरभन्दा बढी देखिएका छन्। जसका कारण यहाँका अन्य धेरै क्षेत्र पनि बन्द गर्नुपर्ने अवस्था छ । कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो। रासस/सिन्ह्वा