मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष २२ बिहीबार ११:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा मतदाता परिचयपत्र बनाउनेको भिड, ७३ हजारभन्दा बढी मतदाता थपिए

Read Time : > 1 मिनेट
२०७८ पौष २२ बिहीबार ११:५९:००

सिराहाको जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदाता सूचीमा नाम दर्ता गराउन चाहनेहरूको घुइँचो लागेको छ। गत १७ मंसिरदेखि १९ पुससम्म पहिलो र दोस्रो चरणमा जिल्लाका स्थानीय तहमा सञ्चालन गरेको मतदाता दर्ता विशेष कार्यक्रममा छुटेकाहरूको घुइँचो लागेको जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले जानकारी दिइन्।

‘मतदाता सूचीमा नाम दर्ताका लागि बिहान कार्यालय खुलेदेखि साँझसम्म जिल्लाका विभिन्न ठाउँबाट आएकाहरूको लाम लाग्ने गरेको छ,’ यादवले भनिन्। १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरिसकेकाहरू मतदाता सूचीमा समावेश हुन सक्ने भएकाले नाम दर्ताका लागि कार्यालयमा बढी घुइँचो लागेको उनले बताइन्। उनका अनुसार निर्वाचन घोषणा नहुञ्जेल निर्वाचन कार्यालयसहित जिल्ला प्रशासन र इलाका प्रशान कार्यालयमा नाम दर्ता गर्न सकिनेछ। 

जिल्लामा ७३ हजारभन्दा बढी मतदाता थपिए
जिल्ला निर्वाचन कार्यालय सिराहाका सूचना अधिकारी गणपति यादवका अनुसार पछिल्लो स्थानीय तहको निर्वाचनयता जिल्लामा तीन तेस्रोलिंगीसहित ७३ हजार एक सय १० मतदाता थपिएका छन्। पछिल्लो स्थानीय तहको निर्वाचनमा मतदाता सूचीमा रहेकाको संख्या बढी भए पनि निर्वाचन घोषणा भएको मितिमा १८ वर्ष पुगेका एक लाख ७७ हजार नाै सय ४० पुरुष र एक लाख ५६ हजार नाै सय ५४ महिला गरी तीन लाख ३२ हजार आठ सय ९४ मतदाता थिए।

त्यसयता जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा गत मंसिर मसान्तसम्म मतदातासूचीमा दर्ता भएका, मंसिर र पुसमा स्थानीय तहमा सञ्चालन गरिएको मतदाता दर्ता विशेष कार्यक्रममा दर्ता भएकाहरूसहित जिल्लाको १७ स्थानीय तहमा दुई लाख १६ हजार नाै सय ६७ पुरुष, एक लाख ८९  हजार ३४ महिला र तीन तेस्रोलिंगीसहित कुल चार लाख ६ हजार चार मतदाता भएका छन्। त्यसबाहेक पुस महिनामा निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा दर्ता भाएकाहरूको संख्या थपिँदा कुल मतदाता संख्या अझै बढ्ले उनले बताए।