१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ पौष २१ बुधबार ०८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

Read Time : < 1 मिनेट
२०७८ पौष २१ बुधबार ०८:५५:००

तनहुँमा छुट्टाछुट्टै स्थानमा मंगलबार नवजात शिशुसहित दुईजना मृत फेला परेका छन् । व्यास नगरपालिका– ९ कवादीखोलानजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यसैगरी आँबुखैरेनी गाउँपालिका– ३ शिवालय मन्दिरनजिक एक पुरुषको शव फेला परेको छ । मन्दिरनजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।