१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २० मंगलबार २१:१६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारत बायोटेकले मासिक आठ करोड कोभ्याक्सिन उत्पादन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २० मंगलबार २१:१६:००

भारतको प्रमुख खोप उत्पादकमध्ये एक भारत बायोटेकले सन् २०२२मा १ अर्ब डोज खोप उत्पादन र आपूर्ति गर्ने भएको छ । भारत सरकारले किशोरकिशोरीहरूका लागि कोभिडविरुद्धको खोप सुरु गरेका वेला बायोटेकले खोप आपूर्ति बढाउने भएको हो । हाल मासिक ६ करोड डोजसम्म खोप आपूर्ति गर्दै आएको भारत बायोटेकले आगामी महिनादेखि आठ करोड डोज खोप आपूर्ति गर्ने लक्ष्य राखेको छ । 

हाल हैदराबाद तथा अंकलेश्वर प्लान्टबाट खोप उत्पादन भइरहेका वेला अब बैंग्लोर र पुनेमा रहेका प्लान्टबाट पनि खोप उत्पादन गर्ने लक्ष्य रहेको भारत बायोटेकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘भारत बायोटेकले किशोर उमेर समूहलगायत मुलुकको खोपकरणको लक्ष्यलाई पूरा गर्ने गरी खोप उत्पादन र आपूर्तिको रणनीति बनाइरहेको छ,’ भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले खोपको सुविधा विस्तार र वृद्धि गर्न थप लगानीसमेत गर्ने घोषणा गरेको छ ।

कम्पनीका अनुसार भारतमा किशोर उमेर समूहका लागि करिब १५ करोड डोज खोप आवश्यक देखिएको छ । भारतमा १५ देखि १८ वर्ष उमेर समूहको जनसंख्या साढे सात करोड छ । गतवर्ष बायोटेकले १५ करोड ७१ लाख डोज कोभ्याक्सिन खोप उत्पादन गरेको कम्पनीले जनाएको छ ।