१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २० मंगलबार २०:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी निर्माणमा सम्पूर्ण रूपले लाग्न विद्यार्थीलाई प्रचण्डको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २० मंगलबार २०:४६:००

माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) लाई पार्टी निर्माणमा सम्पूर्ण ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिएका छन् । 
अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन पुगेका अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहितको टोलीलाई निर्देशन दिँदै प्रचण्डले गुटउपगुट भत्काउन र क्रान्तिकारी पार्टी निर्माण गर्न भनेका हुन् । 

अखिल(क्रान्तिकारी)का नेता जिपी मैनालीका अनुसार भेटमा प्रचण्डले महाधिवेशनले समाजवादउन्मुख कार्यदिशासहितको विचार अवलम्बन गरेको र विचारअनुसारको  क्रान्तिकारी संगठन  निर्माण अबको आवश्यकता भएको बताएका छन् । पार्टी पुनः निर्माणमा आफू सम्पूर्ण सामर्थ्यसहित जुटिसकेको र नेता कार्यकर्ताहरूबाट पनि यही अपेक्षा गरेको उनले बताए ।

आठौँ महाधिवेशनले समग्र देशको नेतृत्व गर्ने गरी विचार र कार्यक्रम तयार पारेको भन्दै उनले क्रान्तिका लागि अलगअलग पार्टीको आवश्यकता अब जरुरी नभएको धारणा राखेका थिए ।