मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २० मंगलबार २०:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चारबुँदे सहमतिपछि ४० दिनदेखि जारी रुबी खान नेतृत्वको धर्ना स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २० मंगलबार २०:४०:००

रहस्यमय ढंगले बेपत्ता नेपालगन्जकी निर्मला कुर्मी र दाङकी नन्कुन्नी धोवी घटना अनुसन्धानको माग गर्दै ४० दिनदेखि जारी धर्ना स्थगित भएको छ । सरकारसँग चारबुँदे सहमतिपछि धर्ना स्थगित गरिएको हो । 

गृह मन्त्रालयका अनुसार सरकार र आन्दोलनमा सहभागी रुबी खान पक्षबीच मंगलबार भएको वार्तापछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बेपत्ता निर्मला र नन्कुनी घटनाको अनुसन्धान नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोबाट हुने, जाहेरीकर्ता, आन्दोलनमा सहभागी हुनेहरूको जीवनरक्षा सरकारले गर्नेलगायतका चारबुँदामा सहमति भएको बताए । 

उनले भने, ‘धर्नामा सहभागी रुबी खानपक्ष र सरकार पक्षबीच वार्ता भयो । वार्तामा चारबुँदे सहमति भयो । जसअनुसार घटनाको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरोले गर्नेछ । जाहेरीकर्ता र आन्दोलनमा सहभागी हुनेहरूको जीवन रक्षा सरकारले गर्नेछ । केही प्रशासनिक समस्या पनि पीडितहरूसँग रहेछन् । त्यसमा पनि सहजीकरण हुने भएको छ ।’