१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष २० मंगलबार १८:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुक्खा पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७८ पौष २० मंगलबार १८:५७:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुक्खा पहिरो जाँदा नाका जोड्ने सडक अबरुद्ध भएको हो । 

करिब सय मिटरमाथिबाट सुख्खा पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘सडकमाथिबाट सुक्खा पहिरो आएको छ, पहिरो ठूलो छ,’ उनले भने ।

बुधबार बेलुकीसम्ममा सडक सुचारु गराउने प्रयास भइरहेको उनले बताए । ‘सडक खुलाउन एउटा स्काभेटरले काम सुरु गरिरहेको छ । जलविद्युत् आयोजनाका स्काभेटरका लागि पनि समन्वय गरिरहेको छु, बुधबार बेलुकीसम्ममा सडक खुलाउने प्रयास भइरहेको छ ।’ उनले नयाँ पत्रिकासँग भने । 

सुक्खा पहिरोले टिमुरे क्षेत्रको विद्युत् सेवासमेत अवरुद्ध भएको छ । विद्युतका तारहरूमा क्षति पुगेको छ । सडक अवरुद्ध हुँदा रसुवागढी नाकामा आवतजावत गर्ने साना तथा ठूला सवारी रोकिएका छन् । टिमुरे जान लागेका करिब २० वटा मालबाहक सवारी बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

स्याफ्रुदेखि रसुवागढीसम्मको सडकमा सवारी आवतजावतमा जोखिम रहेको छ । वर्षातको समयमा छिनछिनमा सडक अबरुद्ध हुने गरेको छ भने हिउँदमा ढुंगा खस्ने तथा सुक्खा पहिरो जाने गरेको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक चिनियाँ पक्षले निर्माण गर्ने बताए पनि हालसम्म सुरु हुन सकेको छैन।