Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २० मंगलबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुद्ध र नारायणको मूर्ति चोरी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २० मंगलबार १८:३५:००

ललितपुर क्षेत्रका मठ मन्दिरबाट ऐतिहासिक मूर्ति चोरी गर्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सामाखुसी बस्ने २३ वर्षीय नेसनल योञ्जन र ४५ वर्षीय सानुलाल महर्जन रहेका छन्। उनीहरूले ललितपुरको टौखेलमा रहेको पञ्चायन मन्दिरबाट ढुंगामा कुँदिएको बुद्धको मूर्ति र बंगलामुखी मन्दिर परिसरबाट नारायणको मूर्ति चोरी गरेका थिए। 

उनीहरूमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ। उनीहरूको साथबाट कुम्भेश्वरस्थित बंगलामुखी मन्दिरअगाडि रहेको मिसाहिटीको ढुंगेधारामाथि रहेको नारायणको मूर्ति र टौखेलस्थितमा रहेको पञ्चायन मन्दिरबाट चोरी भएको ढुंगामा कुँदिएको बुद्धको मूर्ति बरामद गरिएको छ।