मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष २० मंगलबार ०६:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य

Read Time : < 1 मिनेट
२०७८ पौष २० मंगलबार ०६:५४:००

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार वैद्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो । 

कम्पनीका वर्तमान प्रबन्ध निर्देशक डिल्ली अधिकारीको पुस २२ गते कार्यकाल सकिँदै छ । अधिकारीको कार्यकाल सकिने भएपछि कम्पनीले प्रबन्ध निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । तर, हालसम्म सो प्रक्रिया सम्पन्न नभएकाले मन्त्रालयले वैद्यलाई नायब प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।

वैद्यले कम्पनीको नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने पुस १९ गतेदेखि लागू हुने गरी निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छिन् ।