१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २० मंगलबार ०९:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ प्रहरी कारबाहीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २० मंगलबार ०९:३५:००

बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने र हेर्ने नौ प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले आफ्ना नौ सिपाहीमाथि विभागीय कारबाही गरेको थियो ।

बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर भएको विषयमा फेसबुकको केन्द्रीय कार्यालयमा उजुरी परेपछि त्यसबारे फेसबुकले नेपाल प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्दा प्रहरीले फेसबुकमा ग्रुप बनाएर सेयर गरेको खुलेको हो ।

सेयर गर्ने दुईजना तथा हेर्ने सातजनालाई कारबाही गरेको हो । हेरेर पनि त्यसबारे अनुसन्धान गर्ने निकायलाई जानकारी नदिएको आधारमा सात प्रहरी कारबाहीमा परेका हुन् । सो भिडियो सशस्त्र प्रहरीका एक हवल्दारले बनाएको खुलेको छ ।

त्यससम्बन्धी विवरण प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी बलको मुख्यालयलाई पठाएको छ । तर, पीडितको पहिचान नभएकाले फौजदारी मुद्दा बन्न नसकेको प्रहरीले जनाएको छ ।