Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल सुर्खेत
२०७८ पौष १९ सोमबार १०:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यी हुन् कर्णाली प्रदेशबाट एमालेका राष्ट्रिय सभा उम्मेदवार

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७८ पौष १९ सोमबार १०:४१:००

नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीनजना उम्मेदवार चयन गरेको छ । राष्ट्रिय सभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चूडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो । राष्ट्रिय सभाका लागि नौजनाको नाम केन्द्रमा सिफारिस गरेकामध्येबाट दुईजना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले बताए । 

राष्ट्रिय सभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र), रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता बाेगटी (एमाले)काे फागुन १८ पदावधि सकिँदै छ । अन्य राजनीतिक दलहरूले अहिले उम्मेदवारको टुंगो लगाउनका सकेका छैनन् । 

कर्णालीमा यस्तो छ मतभार
राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा मतभारका हिसाबले सबैभन्दा ठूलो दल माओवादी केन्द्रमा रहेको छ । एमाले दाेस्राे, नेपाली कांग्रेस तेस्राे दल, एकीकृत समाजवादी चौथो र रापप्रा नेपाल पाँचौँ दलका रूपमा रहेका छन् ।

माओवादी केन्द्रका स्थानीय तहमा ५२ पदाधिकारी रहेका छन् । उनीहरूको मतभार नाै सय ३६ र प्रदेश सांसद १२ जनाको पाँच सय ७६ मतभार गरेर कुल एक हजार पाँच सय १२ मतभार रहेको छ । एमालेसँग प्रदेश सांसद १३ जना रहेका छन् । उनीहरूको मतभार ६ सय २४ र ४५ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार आठ सय १० रहेको छ । एमालेसँग कुल मतभार एक हजार चार सय ३४ रहेको छ । 

नेपाली कांग्रेससँग स्थानीय तहका जनप्रतिनिधिको मतभार सात सय २० र ६ जना प्रदेश सांसदको दुई सय ८८ मतभार रहेको छ । कांग्रेससँग कुल मतभार एक हजार आठ मत छ । कर्णालीमा एकीकृत समाजवादीका तीनजना प्रदेश सांसद रहेका छन् भने स्थानीय तहका १३ जना जनप्रतिनिधि रहेका छन् । प्रदेश सांसदको मतभार एकजना बराबर ४८ हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको एकजना बराबर १८ हुन्छ । तीनजना प्रदेश सांसदको मतभार एक सय ४४ र १३ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार दुई सय ३४ जोड्दा तीन सय ७८ रहेको छ ।