१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष १९ सोमबार ०६:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टेलिकमले ब्याट्री नथप्दा डोल्पाको टेलिफोन दिनको १२ घन्टा चल्दैन

Read Time : > 1 मिनेट
२०७८ पौष १९ सोमबार ०६:०८:००

हिमाली जिल्ला डोल्पामा नेपाल टेलिकमको फोन सेवामा लोडसेडिङ हुने गरेको छ । जिल्लाको ठुलीभेरी नगरपालिका–७, जुफालमा राखिएको टावरबाट उपलब्ध फोन सेवामा दैनिक १२ घन्टाभन्दा धेरै लोडसेडिङ हुने गरेको हो । टावर सञ्चालन गर्न राखिएको सोलार ब्याट्री ब्याकअपले काम नगर्दा प्रत्येक दिन १२ घन्टाभन्दा बढी फोन सेवा अवरुद्ध हुने सर्वसाधारणको गुनासो छ । दुनैस्थित जैरीगार्ड जलविद्युत्को घन्टौँ लोडसेडिङ मार खेपिरहेका डोल्पालीले दुई सातायता फोन सेवामा पनि सास्ती खेपिरहेको ठुलीभेरी नगरपालिका–९ का स्थानीय अमर कठायतले बताए ।

फोन सेवा अवरुद्ध हुँदा कुनै घटना घटिहाले खबर आदान–प्रदान गर्न धेरै समस्या हुने त्रिपुरासुन्दरी नगरपालिकाका–१ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए । टावरमा लोडसेडिङ हुँदा त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाका स्थानीय तहका सर्वसाधारणहरूले सास्ती खेपिरहेको उनको भनाइ छ । ‘दुर्गमका नागरिकहरू दिउँसो खेतबारीको काममा व्यस्त हुन्छन्, बिहान–साँझ फुर्सद हुन्छ, सोही समयमा फोनमा कुरा गर्न खोज्दा टावर हुँदैन,’ उनले गुनासो गरे, ‘त्यति मात्र नभई काम विशेषले जिल्लाबाहिर गएका आफन्त, बिरामी विद्यार्थीसँग कुरा गर्न समस्या भएको छ ।’

 फोनमा कुरा गर्न आकाश हेर्न बाध्य
जुफाल टावरबाट उपलब्ध फोन सेवा लिन सर्वसाधारणहरू हिजोआज आकाश हेर्न बाध्य भएका छन् । बिहान घाम लागेर छिप्पिएपछि मात्रै टावर आउने भएकाले फोनमा कुरा गर्न सबैभन्दा पहिला आकाशमा बादल छ–छैन हेर्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय रमानन्द उपाध्यायले बताए । ‘आकाशमा बादल भएमा टावर आउँदैन, ब्याट्री चार्ज नहुने भएकाले टावर जाने गरेको हो, जनताले यस्तो असुविधा भोग्दा पनि कसैले वास्ता गरेका छैनन्,’ उनले भने ।

 ब्याट्री थप्न माग
जिल्लाका दुई स्थानीय तहका हजारौँ नागरिकलाई नमस्ते र स्काईको फोन सेवा दिइरहेको नेपाल टेलिकमलाई ब्याट्री थप्न सर्वसाधारणले माग गरेका छन् । जनताले फोनको सास्ती खेपिरहेकाले आफूलाई मुनाफा लिने संस्थामा पनि बेवास्ता गरेको भन्दै तत्काल ब्याट्री थपका लागि सर्वसाधारणले माग गरेका हुन् ।