१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १८ आइतबार १८:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीलाई संसद्को एजेन्डा बन्न दिनुहुँदैन : सिपी गजुरेल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १८ आइतबार १८:३२:००

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसिसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजानदिनु नहुने बताएका छन् । आइतबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा गजुरेलले एमसिसी संसदमै लैजान दिनु नहुने बताएका हुन् । 

उनले अमेरिकाले एमसिसी सम्झौतामार्फत दिने भनिएको रकमभन्दा परिणाम घातक रहेको उल्लेख गरे । गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरूमा आफ्नो अखडा खडा गर्ने भएकाले एमसिसी पास गर्न नहुने बताए । 

‘एमसिसीको बहानामा अमेरिका नेपालभित्र पसिसकेपछि यहाँबाट पछि हट्ने छैन । उसले रणनीतिक महत्वका ठाउँहरूमा आफ्नो अखडा खडा गर्नेछ । एमसिसी खारेजीको अभियान नेपालकै लागि चलाइएको हो । हामीले यसलाई संसदमा एजेन्डाका रूपमा लैजान दिनुहुँदैन । लग्ने र टेबल गर्ने बित्तिकै पारित हुने वाला छ ।’