१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १८ आइतबार १७:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीका तीन आयोगमा पुरानै नेतृत्व सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १८ आइतबार १७:२५:००

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट तीन आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। आइतबार बन्दसत्रले साबिककै अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरूलाई अनुमोदन गरेको हो। 

यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यहरूलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्षमण्डलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मत पारित गरेको छ। केन्द्रीय अनुशासन आयोग प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेशल खतिवडा रहेका छन्। ३ वटै आयोग २५ सदस्यीय छन्। आयोगका सदस्यहरूलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ।