Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७८ पौष १७ शनिबार १५:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘प्रतिरोध’को प्रारम्भिक अवधारणापत्र सार्वजनिक (पूर्णपाठ)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७८ पौष १७ शनिबार १५:२८:००

'प्रतिरोध : जनअधिकार आन्दोलन'ले प्रारम्भिक अवधारणा पत्र सार्वजनिक गरेको छ । गत कात्र्तिक ५ मा पोखरामा भएको ‘वैदाम भेला’ले प्रस्ताव गरेकोे पहिलो मस्यौदालाई  प्रतिरोधले शनिबार सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट ‘प्रारम्भिक अवधारणापत्र–२०७८’ नाम दिएर सार्वजनिक गरेको हो । 

‘व्यवस्था बदल्नका लागि विचारधारात्मक संघर्षलाई केन्द्रमा राखेर नयाँ समाजवादी आन्दोलनको आधार तयार पार्ने, संविधानमा उल्लेखित मौलिक हकहरू र कानुनद्वारा व्यवस्था गरिएका जनअधिकारहरूको कार्यान्वयनका लागि विभिन्न दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, वर्गीय, क्षेत्रीय, लैंगिक तथा यौनजन्य, जातीय, जातप्रथाजन्य र विभिन्न सामाजिक–सांस्कृतिक शोषण, उत्पीडन, विभेद,अत्याचार र हिंसाका विरुद्ध एकीकृत र सब्गठित आन्दोलन निर्माण गर्ने, जनजाति, आदिवासी, राज्यद्वारा भाषिक–सांस्कृतिक उत्पीडनमा पारिएको समुदाय, मधेसीलगायत क्षेत्रीय उत्पीडनमा पारिएको समुदाय र सबै प्रकारका सीमान्तकृतहरूको अधिकार स्थापना र आत्मसम्मानका पक्षमा सब्घर्ष गर्ने, पारिवारिक लोकतन्त्र तथा घरेलु श्रमका बारेमा सार्वजनिक मञ्चहरूमा प्राथमिकताका साथ बहस सञ्चालन गर्ने’ लगायतका ३१ वटा उदेश्य अवधारणा पत्रमा उल्लेख गरिएको छ । 

त्यस्तै  संगठन र सदस्यता सम्बन्धि नीति पनि अवधारणा पत्रमा उल्लेख गरिएको छ । 

जनताको वास्तविक लोकतन्त्र कागजमा मात्र नभएर जीवनव्यवहारमा स्थापित गर्न र जनअधिकारको क्षेत्रमा सम्पूर्ण लगनका साथ क्रियाशील हुन विचार, संगठन, नेतृत्व, संस्कृति, आचरण र कार्यक्रमिक योजनाहरूमा नवीन पहलको आवश्यकतालाई केन्द्रमा राखेर प्रगतिशील, वामपन्थी र जनपक्षधर राजनीतिकर्मीहरूको पहलमा ‘प्रतिरोधः जनअधिकार आन्दोलन’ नामक जनसंगठनस्थापना गरिएको पनि अवधारणापत्रमा उल्लेख गरिएको छ । 

वैदाम बैठकले जनअधिकारका सवालमा काम गर्नका लागि संगठनको राष्ट्रिय स्तरको भेला आयोजना गर्न र सांगठानिक गतिविधि अगाडि बढाउन मनोज खतिवडा अध्यक्ष र अनिता पण्डित सचिव रहने गरी १३ सदस्यीय कार्यकारी समिति गठन गरेको थियो । 

यस्तो छ अवधारणापत्रको पूर्णपाठ