१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १७ शनिबार ११:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी महाधिवेशन : आजको बन्दसत्र सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १७ शनिबार ११:५३:००

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनमा आजको बन्दसत्र सुरु भएको छ। गत आइतबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु महाधिवेशनले पार्टीको नयाँ नेतृत्व आज चयन गर्ने बताइएको छ। बिहान सवा ११ बजे सुरु भएको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासाकाे जवाफ दिइरहेका छन्।

शुक्रबारको बन्दसत्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन पारित गरेको थियो। साथै, बन्दसत्रमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखापरीक्षण आयोगले आ–आफ्नो प्रतिवेदन पनि पेस गरेका थिए।