मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सौरभ यादव राजविराज
२०७८ पौष १७ शनिबार ११:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमत पार्टीका ८ कार्यकर्ता रिहा, जिल्ला संयोजकसहित छ जनामाथि थालियो अनुसन्धान

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
२०७८ पौष १७ शनिबार ११:००:००

सप्तरीबाट पक्राउ परेका डा.सीके राउत नेतृत्वका जनमत पार्टीको १४ मध्ये आठजना कार्यकर्ता रिहा भएका छन् । पार्टीले आह्वान गरेको बन्दलाई सफल पार्न सडकमा प्रदर्शन गरिरहेका नेता र कार्यकर्तालाई  प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अनुसन्धानपछि आठजनालाई छाडिएको  बताए । 

यद्यपि, ६ जनामाथि अझै अनुसन्धान भइरहेको उनले बताए। उनका अनुसार जसमा जनमत पार्टीका सप्तरी जिल्ला संयोजक किसान मण्डल, सचिव थानेश्वर साहसहितका छन्।