मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : गौरी मल्लको फेसबुकबाट
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १९:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘कठपुतली’ ले  पायाे दर्शकको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १९:१५:००

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन राजधानीका मल्टिप्लेक्सहरूमा फिल्मले ८० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको वितरक कम्पनीले जानकारी दिएको छ । शुक्रबारको ओपनिङ सुखद भएपछि काठमाडौंका मल्टिप्लेक्सहरूले शनिबारका लागि फिल्मको शोमा भारी वृद्धि गरेका छन् । 

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि १४ साे दिएको थियो । शुक्रबारको व्यापार राम्रो भएपछि शनिबारका लागि २२ साे उपलब्ध गराएको छ । राजधानीका अन्य मेजर मल्टिप्लेक्सहरूले पनि शनिबारलाई साे बढाएका छन् । सिंगल थिएटरमा पनि फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद रहेको जानकारी प्राप्त छ ।

शुक्रबार राजधानीका विभिन्न हलमा पुग्दा फिल्म हेरेका दर्शकहरूले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । पहिलोपटक स्तरीय नेपाली हरर फिल्म हेर्न पाएको बताउँदै दर्शकहरूले कलाकारहरूको अभिनय, कथावस्तु, निर्देशन, छायांकन, ब्याकग्राउन्ड स्कोरलगायतको प्रशंसा गरेका थिए । हलमा विशेषगरी तन्नेरी पुस्ताहरूको उपस्थिति बाक्लो देखिन्थ्यो ।

फिल्मका निर्माता पृथ्वी राना मगरले चिसोको प्रवाह नगरी फिल्म हेर्न बिहानैदेखि हलमा दर्शकको उत्साहजनक उपस्थिति भएको देख्दा खुसी लागेको बताए । उनले भने ‘फिल्म राम्रो बनेको छ भने दर्शकको साथ पाइन्छ भन्नेमा म विश्वस्त थिएँ । ‘कठपुतली’ ले यो कुरा प्रमाणित गरेको छ । माउथ पब्लिसिटी अत्यन्त बलियो भएकाले शनिबारबाट दर्शकको चाप झन् बढ्नेमा म विश्वस्त छु ।’

भीमसेन थापाले निर्देशन गरेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइरालालगायतको मुख्य भूमिका रहेको छ । अस्ट्रेलियाका छायाँकार जोएल फ्रुम खिचेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । सम्पदा मल्लले लेखेको फिल्मले राजाहरूको शासन कालको कथा भन्छ । फिल्म हरर जनरामा बनेको हो ।