१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १६ शुक्रबार १७:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजामती कर्मचारीको सरुवा चक्रीय प्रणालीमा गर्ने सरकारकाे तयारी : मन्त्री बडू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १६ शुक्रबार १७:३६:००

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरूको सरुवा, बढुवालाई चक्रीय प्रणालीका आधारमा हुने गरी सरकारले तयारी गरिरहेको बताएका छन्। शुक्रबार सर्वोच्च अदालतमा नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा मन्त्री बडूले निजामती कर्मचारीहरूको सरुवा, बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रीय प्रणाली लागू गर्न छलफल भइरहेको बताए।

उनले निजामती कर्मचारीहरू निष्पक्ष रूपमा लोकसेवाबाट आउनुपर्ने भन्दै जथाभावी मानिसहरु राखेर सेवा र प्रशासनलाई बिथोल्न नहुने बताए। मन्त्री बडूले सरुवालाई पूर्वानुमानयोग्य हुन सक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रीय प्रणालीको रूपमा विस्तार गर्न छलफल भइरहेको जानकारी गराए। सोर्सफोर्स लगाएर सुगममा बसिरहेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकाले कारबाहीमा परेकाबाहेकलाई व्याच प्रमोसन गर्ने कुरामा छलफल भइरहेको उल्लेख गरे।

‘निजामती कर्मचारीहरूको सरुवा, बढुवाका कुरा, जोसँग कर्मचारीको समग्र सरोकार जोडिएको छ। सरोकार जोडिने के हो भने नियुक्ति पारदर्शी हुनुपर्छ, कम्पिटिटिभ हुनुपर्छ, लोकसेवाबाट आउनुपर्छ। जथाभावी मान्छे राखेर सेवा प्रशासनलाई बिथोल्नुभएन,' उनले भने, 'सेवा प्रवेशलाई हामीले प्रतिस्पर्धाबाट ल्याउने र प्रतिस्पर्धी सक्षम कर्मचारी प्रशासन खोजेको हो। अर्कोतिर सरुवाका बारेमा हामीले धेरै मेहेनत गरेर केही वयवस्थापन गर्ने कोसिस गरेका छौँ, अहिलेको ड्राफ्टभित्र। सरुवालाई पूर्वानुमानयोग्य हुन सक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रीय प्रणालीमा सबै कर्मचारी सबै ठाउँमा गएको नै हुनुपर्ने, अनिवार्य जानुपर्ने भन्ने ढंगले चक्रीय प्रणालीभित्र अनिवार्य गरिदियौँ भने सोर्स, फोर्स लगाएर सुगममा मात्रै बसिरहने, दुर्गममा नगईकन पनि पेन्सन पाक्ने, कोही दुर्गमका दुर्गम नै रहने यस्ताे अन्त्य हुनुपर्छ।