मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकुमार श्रेष्ठ नवलपुर
२०७८ पौष १६ शुक्रबार १६:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पात टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपुर
२०७८ पौष १६ शुक्रबार १६:३०:००

पूर्वी नवलपरासीमा पात टिप्न जंगल गएकी महिलाको बाघको आक्रमणमा परी निधन भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको नवलपुरको अरुणखोला र दुम्कीबासबीच जंगलबाट सिस्याहानी जाने बाटोको जंगलमा बाघले महिलालाई आक्रमण गरेको हो ।

गाउँलेहरूसँग जंगलमा सालको पात टिप्न जाने क्रममा आज बाघको आक्रमणबाट मध्यबिन्दु– १२ सिस्याहानी निवासी ३९ वर्षीया बरिसा सारुमगरको निधन भएको स्थानीयले जनाएका छन् ।