Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १६ शुक्रबार १६:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हाम्रो राजनीतिक यात्रा जनतादेखि जनतासम्म हो : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १६ शुक्रबार १६:०१:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले जनताको हित र कल्याणका लागि सुकुमबासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरू अघि सारेको बताए। आफ्नो पार्टीले अन्याय, अत्याचारको विरुद्धमा, शोषण उत्पीडनका विरुद्धमा, विभेदहरूको विरुद्धमा अनेकौँ आन्दोलन, मजदुर, किसान, श्रमजीवीको हकहितको बारेमा विभिन्न कार्यक्रम गरिरहेको उनले बताए। आफ्नो पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको उनको दाबी छ।


‘जनताको हित र कल्याणका लागि धेरै लोकप्रिय कार्यक्रमहरू पनि अघि सारेका छौँ। सुकुमबासीको समस्या भनौँ, समावेशिताको राजनीतिका कुरा गरौँ, समाजवादको यात्राका कुरा गरौँ, यी सबै हाम्रा सकारात्मक कुराहरू पनि छन्। अन्याय, अत्याचारको विरुद्धमा, शोषण उत्पीडनका विरुद्धमा, विभेदहरूको विरुद्धमा, अनेकौँ आन्दोलनहरू, मजदुर, किसान, श्रमजीवी जनतादेखि लिएर युवा, विद्यार्थीहरू, यी सबैले आ–आफ्नो ठाउँमा मोर्चामा सञ्चालित गर्दै अघि बढिरहेका छन्। अहिले हामी जुन राजनीतिक यात्रामा अघि बढेका छौँ, त्यो राजनीतिक यात्रालाई हामीले भनेका छौँ– जनतादेखि जनतासम्म। कसैकसैले त्यसलाई भन्ने गर्दछन्– चुनावदेखि चुनावसम्म। हामी भन्दैनौँ, किनभने हाम्रो उद्देश्य भनेको चुनाव होइन, हाम्रो लक्ष्य भनेको चुनाव होइन, हाम्रो उद्देश्य, लक्ष्य जनता हुन्,’ अध्यक्ष नेपालले भने।