मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १६ शुक्रबार ०९:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन लाइफद्वारा  डिजिटल बिमालेख जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १६ शुक्रबार ०९:५०:००

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल बिमालेख जारी गरेको छ । कम्पनीले अहिलेको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिष्कृत गरी सहज तथा सर्वसुलभ गराउन डिजिटल (अभौतिक) बिमालेख सेवा सञ्चालनमा ल्याएको हो । 

अनिवार्य रूपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बिमा समितिले बिमकले डिजिटल बिमालेख जारी गर्ने बाटो खुला गरिदिएपछि अभौतिक बिमालेख सञ्चालन गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी भएको दाबी गरिएको छ । यस सेवाले कम्पनीको दक्षता बढाउनुका साथै समयको बचत गराउने तथा कम्पनी र ग्राहक दुवैका लागि सजिलो हुने कम्पनीको दाबी छ । 

कम्पनीको ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि दुई वर्षपहिलेदेखि नै सञ्चालनमा रहेको जनाइएको छ । यसका साथै अनलाइनबाट सजिलै दाबी प्रक्रिया पनि अगाडि बढाउन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीले विभिन्न तालिमहरू डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ । डिजिटल सिटिजन अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरू प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिए ।