मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १५ बिहीबार ०७:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जिल्ला र उच्च अदालतमा पनि गोला प्रणाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १५ बिहीबार ०७:१६:००

सर्वोच्च अदालतको पूर्ण बैठकले जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न आवश्यक नियमावली र निर्देशिका पारित गरेको छ । बुधबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ ।  

यस अघि १५ मंसिरबाट सर्वोच्च अदालतमा गोलाबाट पेसी तोक्ने प्रणाली लागू भइसकेको छ । २९ मंसिरमा सर्वोच्चको पूर्ण बैठकले २ माघबाट गोलाप्रथामार्फत् जिल्ला र उच्च अदालतमा पेसी तोक्ने निर्णय गरेको थियो । यसैका लागि आवश्यक नियमावली र निर्देशिका पारित भएको हो । 

नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ । नेपाल बार एसोसिएसनले तीन वर्षदेखि सबै अदालतहरूमा गोेलाप्रथाबाट पेसी तोकिनुपर्ने माग गर्दै आएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको समितिले पनि यसबाट भंष्टाचार न्यूनीकरण हुने भन्दै गोला प्रणाली लागू गर्न सिफारिस गरेको थियो । हाल उच्चमा मुख्य न्यायाधीशले पेशी तोक्ने तथा जिल्लामा आंशिक रुपमा गोला प्रणाली छ ।