१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका न्युयोर्क
२०७८ पौष १३ मंगलबार १३:३५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

राष्ट्रसंघीय प्रमुखद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
२०७८ पौष १३ मंगलबार १३:३५:००

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताका लागि आह्वान गरेका छन्। डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले सोमबार दिएका भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताएका छन्।

कोभिड– १९ ले संक्रामक रोगले संसारभरि कत्तिको चाँडो फैलाउन सक्छ, स्वास्थ्य प्रणालीलाई कसरी छेउमा धकेल्छ र सम्पूर्ण मानवताको दैनिक जीवनलाई प्रभावित पार्छ भन्ने देखाएको संयुक्त राष्ट्रसंघका प्रमुखले बताएका छन्। हालसालैका सार्स, एभियन इन्फ्लुएन्जा, जिका, इबोला र अन्य रोगहरूबाट स्वास्थ्यका आपतकालीन पाठहरू सिक्न नसक्नुले हाम्रो असफलता प्रकट गरेको गुटर्रेसले बताएका छन्।

संक्रामक रोगहरू हरेक देशका लागि वर्तमान खतरा रहेको उल्लेख गर्दै गुटर्रेसले कोभिड– १९ मानवताका लागि अन्तिम महामारी नहुने उल्लेख गरे। विश्वले यस स्वास्थ्य संकटलाई प्रतिक्रिया दिँदा पनि अर्कोका लागि तयारी गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्। रासस/सिन्ह्वा