मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १३ मंगलबार १३:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखोला दुधकोसी जलविद्युत् आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १३ मंगलबार १३:०२:००

सरकारले सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा मंगलबार छानबिन समिति गठन गरिएको हो। समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको मन्त्रालयले जनाएको छ।

सरकारले निधन भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। दुर्घटनामा थप एक कर्मचारी घाइते भएका छन्। साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विस्फाेट भई इन्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको थियो।

पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो। प्रवर्द्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो। आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा दुर्घटनाले प्रश्न खडा गरेको छ।

ऊर्जामन्त्री पम्फा भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएकी थिइन्। मन्त्री भुसालले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गरेकी छिन्। साहस ऊर्जाका प्रमुख हिमप्रसाद पाठकले दुर्घटनाको बारेमा आन्तरिक रूपमा नै छानबिन भइरहेको र घाइतेको उपचार भइरहेको जानकारी दिए।