मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १३ मंगलबार १०:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको दस्ताबेजप्रति बाबुरामको टिप्पणी– काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १३ मंगलबार १०:४१:००

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रको जारी महाधिवेशनमा प्रस्तुत दस्ताबेज काल्पनिक समाजवादको स्वैरकल्पनाको पोकोजस्तो लागेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै भट्टराईले पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको लागेको टिप्पणी गरेका हुन् ।

उनले यो दस्ताबेजले फेरि  एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने टिप्पणी गरे । अबोध कार्यकर्तालाई फेरि केही वर्षका लागि झुक्याउने खेल भएको भट्टराईले बताए ।