१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १३ मंगलबार ०७:३५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कान्तिपुर सिटी कलेजमा पत्रकारिता पढ्नेलाई छात्रवृत्ति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १३ मंगलबार ०७:३५:००

कान्तिपुर सिटी कलेजले आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले पाँचजना विद्यार्थीलाई सहुलियत दिने निर्णय गरेको छ । यस विषयमा प्रतिष्ठान र कलेजबीच सोमबार सम्झौता भएको छ । 

कलेजका पत्रकारिता विभाग प्रमुख राजीव तिमल्सिना र महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौता पत्रमा हस्तारक्षर गरेका छन् । यो सम्झौता तीन वर्षसम्म लागू हुनेछ । सम्झौताअनुसार पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको सिफारिसमा कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा तीनजनाले ६५ प्रतिशत र दुईजनाले ५० प्रतिशत छुट पाउने महासंघका महासचिव रामकुमार शाहीले बताए ।

उनका अनुसार अब छिट्टै प्रदेश समितिको बैठकमार्फत कार्यविधि तय गरेर आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्न चाहने प्रतिष्ठान आवद्ध पत्रकारहरूबाट आवेदन माग गरिनेछ । आवेदन प्राप्त भएपछि आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार पत्रकारलाई अध्ययनका लागि कलेजमा सिफारिस गरिने महासचिव शाहीले बताए ।