१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १३ मंगलबार ०६:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भरोसा छात्रवृत्ति अभियानको सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १३ मंगलबार ०६:०८:००

कोभिड–१९ महामारीका कारण अभिभावक गुमाएका बालबालिकाहरूको पठन–पाठनमा कुनै अवरोध उत्पन्न नहोस् भन्ने उद्देश्यसहित भरोसा छात्रवृत्ति अभियान सुरु भएको छ । भरोसा छात्रवृत्ति संयोजकहरूले सोमबार काठमाडौंमा एक कार्यक्रमबीच यस अभियानको सुरुवात गरे ।

छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसका महामन्त्री एवं भरोसा छात्रवृत्तिको सुशासन तथा सहजीकरणका सदस्यसमेत रहेका गगनकुमार थापाले कोभिड महामारीको पीडादायी क्षणबाट धेरै बालबालिकाले अभिभावक गुमाएको बताउँदै ती बालबालिकालाई समाजसँग जोड्न शिक्षाबाट वञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको बताए । ‘आफ्नो अभिभावक गुमाउनुपर्दाको पीडा जसलाई परेको छ, त्यसलाई बढी थाहा हुन्छ, परिवारमा कमाउने मान्छे गुमाएपछि त्यस घरमा अरू पनि थुप्रै समस्या आउँछन्,’ उनले भने, ‘आफ्नो अभिभावक गुमाउने बालबालिकालाई समाजसँग पनि घुलमिल गराउनुपर्छ, सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ, यो अभियान समाजप्रति भरोसा ल्याउनका लागि पनि हो ।’

यस अभियानमा स्रोत जुटाउने काम डिसहोम मिडियाले गर्नेछ । छात्रवृत्ति पाउने विद्यार्थीका बारेमा विस्तृत रिसर्चको काम फ्याक्ट्स नेपालले गर्नेछ भने छात्रवृत्ति पाउने विद्यार्थी छनोट तथा सिफारिस सुशासन र सहजीकरणका सदस्यहरूले गर्नेछन् । छात्रवृत्ति रकम उपलब्ध गराउने काम डिसहोम नेटवर्कले गर्नेछ । यस अभियानको सुशासन र सहजीकरणका सदस्यहरूमा गगन थापा, सुदीप आचार्य, मनीष झा, चारू चढ्ढा र जिमी लामा रहेका छन् । 

भरोसा छात्रवृत्ति अभियान सात प्रदेशका दुई–दुईवटा जिल्लामा सुुरु गर्ने बताइएको छ । ती जिल्लाहरूमा कोरोनाका कारण आमाबुबा गुमाएका विद्यार्थीको शिक्षाका लागि सहयोग गर्ने र आवश्यक्ताका आधारमा डिसहोमको नेटवर्कबाट छात्रवृत्ति रकम उपलब्ध गराउने भरोसा छात्रवृति संयोजकले जानकारी दिए ।