मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ पौष १२ सोमबार १२:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एटिएम  फोरेर पैसा चोरी गर्न खोज्ने एकजना पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ पौष १२ सोमबार १२:१७:००

विराटनगरमा एटिएम मेसिन फोरेर पैसा चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति साढे ९ बजे विराटनगर महानगरपालिका– ३ कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फोरेर चोरी गर्न खोज्ने मोरङको रतुवामाई नगरपालिका– ५ का २१ वर्षीय पारस कालिकोटे पक्राउ परेका हुन्।

एटिएम मेसिन तोडफोड भइरहेको सूचना प्राप्त भएपछि पुगेको मोरङ प्रहरीको टोलीले तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेकाे प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। सहर–बजारमा सुनसान स्थानमा रहेका एटिएमहरूलाई चोरहरूले निसाना बनाउने गरेका प्रहरीले बताउँदै आएको छ।