मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ११ आइतबार १८:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाले भने : एमसिसीमा राष्ट्रघात छैन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ११ आइतबार १८:५३:००

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी राष्ट्रघाती नभएको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले एमसिसीमा आफूले राष्ट्रघात नदेखेको बताए। ‘एमसिसी कहाँ छ राष्ट्रघात? मैले कहीँ देखेकोछैन। म पनि नेपालको प्रधानमन्त्री हुँ, मैले किन राष्ट्रघात गरौँला ?’  उनले भने, ‘किन राष्ट्रघाती सन्धि गरौँला? एमसिसी नेपालको हितमा छ। सित्तैमा आएको पैसा हो। राम्रोसँग बुझौँ। सहमति गरेर यसलाई पास गराउनेछौँ।‘ विश्व बैंकले दिएको पैसाजस्तो नभएको उनले बताए। 

एमसिसीबारे प्रधानमन्त्रीको भनाइ जस्ताको त्यस्तै :

मैले यहाँ एउटा कुरा भन्नैपर्नेभयो। एमसिसी राष्ट्रघाती,राष्ट्रघाती भनिएको छ। म यहाँ अरू कुरा भन्न चाहन्नथेँ। तर,राष्ट्रघाती भन्नेले पढेको छ कि छैन। पढ्नुपर्‍यो कहाँनिर छ राष्ट्रघाती? मैले हेरेँ । राष्ट्रघात देखेको छैन मैले त। म पनि त नेपालको प्रधानमन्त्री हुँ। नेपाल राष्ट्रको खिलाफमा जाउँला मैले? म पनि प्रजातन्त्रका लागि लडेको ,राष्ट्रका लागि लडेको मान्छे हो। के राष्ट्रघातको काम गरुँला मैले? राष्ट्रघाति सन्धि मैले किँन गरुँला? यसकारण हामीहरू यसमा यस सम्बन्धमा तपाईंहरूले पढ्नुस् । हाम्रो बीचमा छलफल हुँदै छ। प्रचण्डजी र अरू नेताहरसँग छलफल भइरहेको छ। यो एमसिसी एकदमै  नेपालको हितमा छ। सित्तैमा आएको पैसा हो यो।  सित्तैमा आएको पैसा चाँहिदैन भन्छन्। वर्ल्ड बैंक र एडिबीसँग हामी ऋण लिन्छौँ। जहाँ अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ। एमसिसीमा नेपालको कानुन लागू हुन्छ तैपनि मान्दैनन्। राम्रोसँग बुझ्नुपर्‍यो। यसमा व्यापक छलफल गरेर  विश्वास र सहमति भएपछि हामी यसलाई पास गराउनेछौँ।