१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ११ आइतबार १८:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको बलमा संविधानसभामा गयौँ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ११ आइतबार १८:४४:००

प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डको बलमा संविधानसभामा गएको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौँ अधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान दिएको बताए।

‘नेपालको राजनीतिमा प्रचण्डजीले धेरै ठूलो योगदान दिनुभएको छ। उहाँको बलले हामी संविधानसभामा गएका हौँ। २००७ सालमा कांग्रेसले उठाएको कुरा प्रचण्डजीको अगुवाइमा पूरा भएको हो,’ उनले भने, ‘गणतान्त्रिक संघीयतासहितको संविधान आएको छ। संविधान बनाउने काममा प्रचण्डको महत्वपूर्ण भूमिका छ भन्ने सबैले स्वीकार गर्नुपर्छ।‘ गठबन्धन कसैको विरुद्धमा नभएको उनले बताए। संसद् र संविधान बचाउन गठबन्धन बनाएको उनले बताए।
‘संसद् पूरा चलोस भन्ने हो। यो संविधान र संसद् बचाउने गठबन्धन हो। यो पूरा समय चल्नेछ अझ अगाडि जाओस् भन्ने चाहन्छु। ओलीजीलाई यो खिलाफ हो भन्ने नलागोस्,’ उनले भने। 

प्रचण्डको संविधान बनाउने र शान्ति प्रक्रियामा योगदान रहेको बताउँदै उनले शान्ति प्रक्रियाका केही कुरा पूरा नभएको बताए। सत्यनिरूपण तथा मेलमिलाप आयोगका काम पूरा गरेर दीर्घकालीन शान्तिमा जान चाहेको उनले बताए।