मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ११ आइतबार १८:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डपथ छाडेपछि क्रान्ति रनभुल्लमा पर्‍याे : मातृका यादव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ११ आइतबार १८:२३:००

नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले माओवादीले प्रचण्डपथ छाडेपछि क्रान्ति रनभुल्लमा परेको बताएका छन्। पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बाेधन गर्दे नेता यादवले यस्तो बताएका हुन्। 

कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादी जनयुद्धले स्थापित गरेको विचार प्रचण्डपथ हो। यसलाई विचार गर्नुको साटो  हामीले छाडिदियौँ। क्रान्ति रनभुल्लमा पर्यो। कमरेड प्रचण्डले के गरेको हो? आममान्छेमा प्रश्नहरू उठ्न थाले। र, सबैभन्दा पहिला त ममा नै  उठ्यो। सबैभन्दा पहिला मैले छाडे‌ँ र अरूले पनि छाड्नुभयो।’ 

पार्टी अध्यक्ष प्रचण्ड थोरै उदार नभइदिएको भए र गिरिजाप्रसाद कोइराला, माधव नेपालले संघीयताविनाको अन्तरिम संविधान मान्दैनौँ भनेको भए मधेस आन्दोलन नहुने नेता यादवको भनाइ थियो। ‘कमरेड प्रचण्ड थोरै उदार नभइदिएको भए अनि गिरिजाबाबु र माधव नेपालले थोरै अडान नलिएको भए संधीयताविनाको अन्तरिम संविधान मान्दैनौँ भनेको भए मधेस आन्दोलन हुने थिएन। मधेस आन्दोलन भयो। आखिरी फेरि हामीले मिलेर स्वीकार गर्र्यौँ,’ यादवले भने। 

पछिल्लो समय प्रचण्डले सञ्चारमाध्यममा पार्टीको नेतृत्व छाडेर संस्मरण लेख्न मन लागेको अभिव्यक्तिप्रति लक्षित गर्दै यादवले प्रचण्डले क्रान्तिलाई बीचमा छाडेर धर नपाउने पनि बताए।