१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ११ आइतबार १८:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरुका क्रान्तिकारी नेता पछि बिग्रिए : मोहन वैद्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ११ आइतबार १८:००:००

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सुरुका क्रान्तिकारी नेता पछि बिग्रिएको टिप्पणी गरेका छन्। माओ दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा वैद्यले कम्युनिस्ट पार्टीको स्थापना भएयता थुप्रै संघर्षहरू भए पनि सुरुका क्रान्तिकारीहरू पछि बिग्रिएको टिप्पणी गरेका हुन्। 

उनले नेपालमा सच्चा कम्युनिस्ट को हो भन्ने प्रश्न खडा भएको बताए। उनले भने,‘कम्युनिस्ट पार्टीको स्थापना भएयता थुप्रै संघर्षहरू भए, पहिलेका किसान आन्दोलनहरू, २०२८ सालयताको झापाको ऐतिहासिक सशस्त्र विद्रोह, हामी नेकपा माओवादीहरूले चलाएको १० वर्षे जनयुद्ध, राम्रै तरिकाले अघि बढेका हुन्। तर, भयो के भने, सुरुसुरुमा भएका क्रान्तिकारीहरू पछि गएर बिग्रिए।’

मार्क्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै वैद्यले राजनीतिक कार्यदिशा बनाउनुपर्नेमा जोड दिए।