मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ११ आइतबार १७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावमा समस्या उत्पन्न : राष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ११ आइतबार १७:३०:००

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावमा परिवार र समाजमा समस्या उत्पन्न भइरहेको बताएकी छिन्। आइतबार शीतलनिवासमा आयोजित ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

कतिपय ज्येष्ठ नागरिकहरूले अवहेलना र दुर्व्यवहार व्यहोर्नुपरेको भन्दै उनले ज्येष्ठ नागरिकहरूलाई आघात पुर्याउने प्रवृत्तिहरूलाई निरुत्साहित गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन आह्वान गरेकी छिन्। कानुनी र नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज व्यवस्थापनमा सीमित भए पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन्।

‘आफ्नो जीवनको महत्वपूर्ण समय परिवारको हेरचाह, पालनपोषणका साथै देश सेवामा समर्पण गर्ने, ज्येष्ठ नागरिकहरू हाम्रा अविभावक र ज्ञान तथा अनुभवका स्राेत हुनुहुन्छ। तथापि नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावका कारण आजभोलि परिवार र समाजमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न भएका छन्। जसको कारण कतिपय ज्येष्ठ नागरिकहरूले अवहेलना र दुर्व्यवहार व्यहोर्नुपरेको छ। यो कुरा हाम्रो मौलिक, सांस्कृतिक परम्परा, पारिवारिक मूल्य मान्यता र आदर्शविपरीत छ। ज्येष्ठ नागरिकहरूलाई आघात पुर्याउने यस प्रकारका प्रवृत्तिहरूलाई निरुत्साहित गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन म सबैमा आह्वान गर्दछु,’ भण्डारीले भनिन्।