Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ पौष ११ आइतबार १५:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको १६ लाखसहित भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ पौष ११ आइतबार १५:५०:००

जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं. १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बेदर्वा– ५ बस्ने ३० वर्षीय रंगदेश कुसवाहालाई सो रकमसहित शनिबार नियन्त्रणमा लिएको थियो। 

स्रोत नखुलेको नगद अवैध रूपमा नेपालतर्फ ल्याउँदै गर्दा पक्राउ परेका कुसवाहालाई आज सार्वजनिक गरिएको हो। बिआर २२ एन ५०१४ भारतीय नम्बरको मोटरसाइकलमा आएका कुसवाहाले हेलमेट तथा पाइन्टको गोजीमा लुकाएको अवस्थामा निजसँग नगद फेला परेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।

निजको साथबाट प्रहरीले एक हजारका एक हजार तीन सय थान र पाँच सय दरका ६ सय थान गरी कुल १६ लाख रुपैयाँ फेला परेको र निजमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। रासस