मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १० शनिबार १८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा परिणत गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १० शनिबार १८:२६:००

माओवादी केन्द्रले आइतबारदेखि सुरु गर्ने राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा परिणत गर्ने भएको छ। यसअघि समय अभावलगायतका कारण देखाउँदै राष्ट्रिय सम्मेलन भनेर प्रचार गरिरहेको माओवादी केन्द्रले उद्घाटनको अघिल्लो दिन मात्रै त्यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो।

पार्टी स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेको भन्दै यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए।