मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष १० शनिबार १५:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी नेपालले प्रस्ताव गरेको विकास परियोजना हो, कुनै सैनिक गठबन्धन होइन : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
२०७८ पौष १० शनिबार १५:५७:००

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पोरिसन (एमसिसी) परियोजना पास हुनुपर्ने बताएका छन्। शानिबार गोरखा उद्योग वाणिज्य संघको ४६औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले एमसिसी नेपाल सरकारले नै प्रस्ताव गरेको परियोजना भएकाले पास हुनुपर्ने बताएका हुन्।

‘एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना हो। यो कुनै सैनिक गठबन्धन होइन’ उनले भने, ‘नेपालमा विद्युत ट्रान्समिसन र सडक निर्माणका लागि, गरिबी निर्वारण, रोजगारी बृद्धिका लागि यो परियोजना हामीले नै प्रस्ताव गरेको हो।’ एमसिसीलाई सदनबाट पास गर्ने प्रावधान नेपालले नै राखेको भन्दै उनले त्यहिअन्तर्गत नै यो परियोजना पास हुनुपर्ने धारणा राखे। उनले एमसिसीको विषय छिट्टै टुङ्गो लाग्ने बताए।  ‘सरकारमा छलफल भइरहेको छ, टुंगो लागिसकेको छैन। हाउसमा लैजाँदा साइत हेराउनु पदैन, तर गठबन्धनसँग छलफल गर्छौं’ उनले भने।

अमेरिकी नागरिकहरुबाट उठाएको रकम सहि सदुपयोय होस् भन्नका लागि उनीहरुले सदनबाट पास गर्न खोजेको गृहमन्त्री खाणले जिकिर गरे। ‘यो ऋण होइन, अनुदान हो। ऋण ल्याउँदा कतिपय प्रावधानहरु राखिएको हुन्छ, यो त अनुदान हो हामीले फर्काउनुपदैन,' खाणले भने, 'यो अमेरिकी नागरिकहरुले तिरको ट्याक्सबाट उठाएको रकम सदुपयोग होस भनेर उहाँहरुले सजकता अपनाउनु भएको हो। यो रकम सहि रुपमा प्रयोग हुन सकोस् र यसले राम्रो प्रतिफल देओस भनेर कामना गर्नु त्यो सकारात्मक नै हो।’