मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
उत्तम पोख्रेल 
२०७५ फाल्गुण २१ मंगलबार १५:३३:००
मुख्य समाचार

'रक पार्क'को अवलोकन गर्दै प्रचण्डले भने ‘ढुंगाबाट पनि समृद्धि आउँदो रहेछ’ 

उत्तम पोख्रेल 
२०७५ फाल्गुण २१ मंगलबार १५:३३:००

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मोरङको बेलबारी – १० मा रहेको पूर्व पश्चिम राजमार्गसंगै जोडिएको सृजना सामुदायिक वनमा निर्माणाधिन रक  पार्कको अवलोकन गरेका छन् ।

नेपालसहित अन्य ६ देशका कलाकारहरुले ढुंगामा निर्माण गरेका कलात्मक आकृति हेर्दै प्रचण्डले भने ‘ढुंगाबाट समेत समृद्धि आउँदो रहेछ ।’ ढुंगामा कुँदिएका कलात्मक आकृतिसँग उनले फोटो समेत खिचे । उनले उक्त पार्कलाई प्राकृतिक (नेचुरल ) बनाउन समेत सुझाव दिए । 

सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ विगाहा जग्गामा निर्माणाधिन पार्कको पहिलोचरणको कार्याशाला भने मंगलबार सकिँदै छ । नेपालसहित भारत, जापान, जर्मन, बंगालादेश, इटालीलगायत देशका ४२ जना कलाकारले मूर्ति बनाइरहेका छन् ।

रक पार्कका रुपमा निर्माण भइरहेको उक्त पार्कमा पर्यटकलाई आकर्षित गर्न पहिलो चरणमा विभिन्न आकृतिका मूर्ति बनाउने निर्माण समितिले जनाएको छ ।