मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन अयडी
२०७५ पौष ६ शुक्रबार ०९:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

वसन्तको पढ्ने रहर अधुरै 

Read Time : < 1 मिनेट
गगन अयडी
२०७५ पौष ६ शुक्रबार ०९:४०:००

बाजुराको दुर्गम  त्रिवेणी नगरपालिका ६ मा बस्ने सात वर्षका वसन्त रावतले ६ वर्षमै आमाबुवा गुमाए ।  वसन्तका  बुबा झलक रावतको भारतमा काम गर्ने क्रममा पक्षघात भएर मृत्यु भयो । बुबाको मृत्युपछि  वसन्तकी आमा शोभा रावत वसन्त ११ महिनाको हुँदै छोडेर ६ वर्षअघि अर्कैसँग विवाह गरेर हिँडिन् ।  बाबुको मृत्यु र आमाले छोडेपछि वसन्छ  ६ वर्षदेखि वृद्ध हजुरबुबा र हजुरआमाको सहारामा बसेका छन् । 

बुबाको मृत्यु भएलगत्तै आमा अर्कैसँग हिँडेपछि वसन्त  ७५ वर्षीय हजुरबुबा  जहरे रावत र ६५ वर्षीया हजुरआमा देवी रावतको सहारमा  छन् । उनका हजुरबुबा र हजुर आमाले भैँसी र  बाख्रा पालेर जीविका चलाउँदै आएका छन् । सात वर्षीय वसन्तले अहिलेसम्म  विद्यालय देख्न पाएका छैनन् ।

वसन्तका हजुरबुबा हजरे रावतले भने, ‘११ महिनाको नाबालक नाति टुहुरो हुँदा ज्यान जोगाएँ अब तागत पनि छैन, कमाइ पनि छैन ।’ नाती नाबालक छ, के खाने, के लाउने भन्ने नै समस्या भएको उनले बताए ।  वृद्ध रावत दम्पतीका  आँखा कमजोर छन् । हजुरआमा देवी रावतले भनिन्, ‘हामी आफँै डाँडामाथिका जुन भइसक्यौँ, यो नाबालक नातिलाई कसको भर छोड्नु ?’  

विद्यालय जान मन छ

नाबालक रावतलाई विद्यालय जाने रहर छ ।  बाजे, बज्यैले सक्दैनन् । सहयोग गर्ने अरू कोही छैन । तर, वसन्तलाई विद्यालय जाने रहर छ । उनी भन्छन्, ‘स्कुल जान मन लाग्छ । अरूले जस्तै पढ्ने रहर छ ।’ स्थानीय निकायले पनि उनका लागि आजसम्म कुनै सहयोग गरेको छैन ।