मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७८ पौष ९ शुक्रबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीसिया नदी एवं वीरगन्ज प्रदूषणमुक्त बनाउन अन्तरक्रिया

Read Time : < 1 मिनेट
२०७८ पौष ९ शुक्रबार १७:४३:००

श्रीसिया नदी एवं वीरगन्ज प्रदूषणमुक्त अभियानले बृहत् खुला अन्तरक्रिया गरेको छ। शुक्रबार घण्टाघर चोकमा अभियानले श्रीसिया नदी एवं वीरगन्ज प्रदूषणमुक्त बनाउन अन्तरक्रिया गरेको हो।

अन्तरक्रियामा सहभागी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ती कार्कीले आजकै दिनदेखि वीरगन्जलाई प्रदूषणबाट मुक्त बनाउन अगाडि नबढे भविष्यमा समस्या हुने बताइन्। उनले उद्योगबाट निस्केको फोहोर पानी बन्द गरे सबै फोहोर बिस्तारै कम हुँदै जाने बताइन्। 

अन्तरक्रियामा सहभागी वक्ताहरूले वीरगन्जसँग जोडिएको श्रीसिया नदीसहित सम्पूर्ण नालाको फोहोर पानी प्रशोधन गरेर नदीमा फाल्न व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले नदीमा छाला र मासु उद्योगको जीवन अवशेष र केमिकलयुक्त पानी बन्द गर्न माग गरे।

अभियानका संयोजक सुरेन्द्र कुर्मीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वीरगन्ज महानगरपालिका– १८ का वडाध्यक्ष ब्रह्मदेव कुर्मी, ओमप्रकाश सर्राफ, कमल चौँलागाइँ, प्रकाश थारूलगायतकाले आफ्नो धारणा राखेका थिए।