१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २१ मंगलबार १५:०६:००
Read Time : < 1 मिनेट
समाचार

पूर्व उपप्रधानमन्त्री अधिकारीको निधनप्रति राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २१ मंगलबार १५:०६:००

राष्ट्रियसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारी प्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ बर्षको उमेरमा फागुन १८ गते शनिबार राजधानीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

पूर्व अर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१  र २०५६ सालकोप्रतिनिधिसभा,२०६३ सालको पुनस्र्थापित प्रतिनिधिसभामा मोरङ जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य थिए । उनी २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि रहेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक फागुन २६ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।