१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ९ शुक्रबार १७:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलबीचको मतभेदलाई निरूपण गर्नुपर्छ : राष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ९ शुक्रबार १७:१९:००

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूबीचको मतभेदलाई निरूपण गर्नुपर्ने बताएकी छिन्। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा बोल्दै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक,आर्थिक रूपान्तरणका लागि राजनीतिक दलहरूबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरूपण गर्नुपर्ने बताएकी हुन् ।

उनले  राष्ट्रियताको मर्मलाई आत्मासात गर्नुपर्ने पनि बताइन्। संविधानले प्रत्याभूत गरेका अधिकारहरूको संरक्षण र कार्यान्वयनबाट मात्रै स्थायित्व प्राप्त गर्न सकिने उनकाे भनाइ थियो। 

राष्ट्रपति भण्डारीले अरबौँ रुपैयाँको कृषि उपज आयात गरी व्यापारघाटा बेहोर्नुपरेको भन्दै कृषि उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताइन्। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन्।