मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ९ शुक्रबार १६:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकाले नेपाललाई थप ६,६४,५६० फाइजर खोप प्रदान गर्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ९ शुक्रबार १६:५१:००

अमेरिकी सरकारले नेपाललाई कोभिडविरुद्ध लड्न थप ६ लाख ६४ हजार पाँच सय ६० फाइजर खोप अनुदानस्वरूप प्रदान गर्दै छ ।  सो खोप १२ वर्षदेखि १७ वर्षमाथि उमेर समूहलाई लगाउन मिल्ने अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । अघिल्लाे वर्ष अमेरिकाले एक लाख ६ सय २० मात्रा खोप प्रदान गरिसकेको छ । 

यस सहायताले जीवनरक्षक चिकित्सा सामग्री, तालिम र प्राविधिक सहयोगको रूपमा हालसम्म नेपाललाई उपलब्ध गराइएको १२ करोड २० लाख डलरभन्दा बढीको सहायता (खोपको लागत समावेश नगरी)मा वृद्धि गरेको छ । महामारीको समयमा नेपाललाई अमेरिकाको जारी सहयोगको एक हिस्साको रूपमा अमेरिकाले निःशुल्क र विनापूर्वसर्त खोप प्रदान गरिरहेको विज्ञप्तिमा जनाइएको छ । 

यसका साथै अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआइडी) र युनिसेफले यी खोपहरू तत्काल आवश्यक भएका क्षेत्रहरूमा सुरक्षित र न्यायोचित ढंगले वितरण गर्न र मानिसहरूलाई खोप लगाउन प्रोत्साहित गर्नमा नेपालसँग साझेदारी गर्दै छन् । 

अमेरिकाले विश्‍वव्यापी रूपमा झन्डै सयवटा विकासोन्मुख देशहरूलाई एक–एक१ अर्बभन्दा बढी खोपहरू प्रदान गर्ने वाचा गरेको छ र ३३ करोडभन्दा बढी खोपका मात्राहरू वितरण गरिसकेको छ । चार अर्ब डलरको योगदान गरेको अमेरिका विश्‍वव्यापी खोप पहल कोभ्याक्सको सबैभन्दा ठूलो द्विपक्षीय दाता हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कम र निम्‍नमध्यम आय भएका देशहरू र अफ्रिकी संघलाई एक अर्ब फाइजर खोप प्रदान गर्न, विश्वभरका मानिसलाई खोप लगाउन मद्दत गर्न र यस महामारीविरुद्धको लडाइँलाई उच्च शक्ति प्रदान गर्न अमेरिकी सरकारलाई प्रतिबद्ध गरेका छन् । न्यायसंगत वितरणका निम्ति कोभ्याक्समार्फत काम गर्दै यस वर्षको अन्त्यसम्ममा २० करोड मात्रा र बाँकी ८० करोड मात्रा २०२२ मा वितरण गरिनेछन् ।