मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष ८ बिहीबार १७:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

फिल्म 'कठपुतली'को ओएसटी गीत सार्वजनिक (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७८ पौष ८ बिहीबार १७:५३:००

यही पुस १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’को ओएसटी गीत सार्वजनिक भएको छ। लोकलयको ‘यो ज्यान कठपुतली’ बोलको गीतमा गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको छ।

गीतको भिडियो भिएफएक्स र एनिमेसन प्रयोग गरी बनाइएको छ। फिल्मको थिमअनुसार तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ। परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिहरूबाट बच्नका लागि गरेको संघर्षको हरर कथा फिल्ममा पाइनेछ।

फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायतका कलाकारहरूको अभिनय रहेको छ। हरर जनरामा निर्माण गरिएको फिल्मलाई भीमसेन लामाले निर्देशन गरेका छन्। पृथ्वी राना मगर फिल्मका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन्।

फिल्मलाई अस्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रुमले छायांकन गरेका हुन्। उनी फिल्म खिच्न अस्ट्रेलियाबाट नेपाल आएका थिए। फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्।