Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ पौष ८ बिहीबार १७:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी हो : केपी ओली 

Read Time : < 1 मिनेट
२०७८ पौष ८ बिहीबार १७:५१:००

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको बताएका छन्। एमाले पर्साले आयोजना गरेको सभामा ओलीले  एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टाचारविरुद्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका हुन्। 

एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सरकार चलाएको ओलीको जिकिर छ। ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए। 

माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको शक्ति बनेको पनि उनको भनाइ छ। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई कार्यक्रममा एक सय ५१ किलोको मालाले स्वागत गरेका थिए । कार्यक्रममा मियाँसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए।