१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ पौष ८ बिहीबार १५:४०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

Read Time : < 1 मिनेट
२०७८ पौष ८ बिहीबार १५:४०:००

जापानी प्रधानमन्त्री फुमियो किसिदाले आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्यअनुसार अर्को वर्षको सुरुमा वार्षिक श्रम–व्यवस्थापन वार्ताअघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन् । ‘मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,’ किसिदाले औपचारिक रूपमा जापान बिजनेस फेडरेसन भनेर चिनिने केइदानरेनको बैठकमा बिहीबार टिप्पणी गरे।

अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पुँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गरेका थिए। त्यसका लागि उनले ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रूपमा लिएका छन्। उनले प्रि–प्यान्डेमिक स्तरमा फर्केका कम्पनीहरूको ४ प्रतिशतभन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आएका छन्। रासस/सिन्ह्वा