मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल फोटो ।
२०७८ पौष ८ बिहीबार १४:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामपन्थी शक्तिलाई एकताबद्ध बनाएर लैजाने पक्षमा छौँ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
२०७८ पौष ८ बिहीबार १४:३९:००

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन्। बिहीबार समाजवादी प्रेस संगठनले बाँकेको कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।

चुनावहरूको सिलसिला सुरु भएको उल्लेख गर्दै उनले ती चुनावहरूमा आफूहरूले विजय प्राप्त गर्ने बताए।उनले एकीकृत समाजवादी पाटीका विभिन्न कामहरू व्यवस्थित हुँदै पालिका, जिल्लाहरूमा कमिटी गठन भइरहेको बताए। एमसिसीबारे छलफल भइरहेको बताउँदै उनले नेपाली जनताको विश्वास जित्न आफूहरू लागेको बताए। उनले नेतालाई मन परेको जनतालाई मन नपर्ने र जनतालाई मन परेको नेताला्ई मन नपर्ने कुरामा छलफल हुनुपर्ने बताए। 

नेता नेपालले देशको रक्षा गर्न एकीकृत समाजवादी पार्टी चिन्तनशील रहेको बताउँदै स्वास्थ्य, शिक्षा, रोजगारी र जनताको हितका विषयमा पार्टी गम्भीर रहेको बताए । प्रतिगमनविरुद्धको आन्दोलन जारी रहेकोमा उनले जोड दिए।